back

उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’

वि.सं.२०७५ पुस २० शुक्रवार

384 

shares
IME Limited
NTC AD

२० पुस, काठमाडौ ।  अखिल नेपाल फुटबल सङ्घ एन्फाले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ ।

एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो । अवार्ड प्राप्त गर्ने खेलाडीले रु एक लाख प्राप्त गर्नेछन् । शाहको गत वैशाखमा निधन भएको थियो ।

शाहजस्तो उत्कृष्ट खेलाडीको नाममा पुरस्कार स्थापना गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने एन्फाले जनाएको छ । शाहले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने गरी थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको ‘फ्रि किक गोल’को चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।

उक्त अन्तिम चरणमा उक्त खेलमा २–१ ले पछि परेको नेपाललाई मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्नाका साथै ‘पेनाल्टी सुटआउट’मा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले अन्तर्राष्ट्रियस्तरमा छ गोल गरेका थिए ।

वि.सं.२०७५ पुस २० शुक्रवार १०:५४ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...