२० पुस, रोम, इटाली । उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बताएको छ ।
इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उनको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएको समय इटालीको उक्त भनाइ आएको हो ।
स्रोतले भन्यो, “यस्तो अनुरोधबारे ‘हामीलाई कुनै जानकारी छैन’ तर मन्त्रालयलाई उनको स्थानमा अरू कसैलाई पठाउनका लागि अनुरोधसहितको पत्र भने प्योङयाङबाट पाएको छ ।”
उनी कहाँ छन् भन्ने बारेमा मन्त्रालयलाई जानकारी नभएको बताइएको छ । जोले आफू र परिवारसहित शरण माग गरेको एक पत्रिकाले जानकारी गराएको र यसपछि दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कूटनीतिज्ञको सुरक्षाका लागि सांसदहरूलाई जानकारी गराएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सङ्कल्प विपरीत उत्तर कोरियाले आणविक परीक्षण गरेको विरोधमा मुन जोङ नामलाई देश छाड्न निर्देशन दिइएपछि ४८ बर्षीय जोलाई दुई बर्ष पहिले इटाली पठाइएको थियो ।
इटाली प्योङयाङका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूण मुलुक हो । राष्ट्रसङ्घीय खाद्यान्न र कृषि संगठनको इटालीको रोममा मुख्यालय रहेको छ र उत्तर कोरियामा चरम खाद्यान्न अभाव रहेको बताउने गरिन्छ ।
वि.सं.२०७५ पुस २० शुक्रवार ११:५० मा प्रकाशित




























