
२० पुस, पोखरा । कास्की समाज स्पेनले दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेल लिपी कम्प्युटर सहयोग गरेको छ ।
कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल शाखाको संयोजनमा समाजले दृष्टिविहिन विद्यार्थीलाई ब्रेल लिपिको कम्प्यटर हस्तान्तर गरिएको हो । पोखरा महानगरपालिका १० स्थित कुँडहर आधारभूत विद्यालय दृष्टिविहिन शाखाका विद्यार्थीलाई ब्रेललिपिको कम्प्युटर, शैक्षिक सामाग्री, खाजा, न्यानो कपडा र नगद रकमसहितको सहयोग उपलब्ध गराइएको थियो ।
कास्की समाज स्पेनका सल्लाहकार जीवनजङ राणा र सदस्य शान्ता राणाले स्वदेशमा आएको बेला भविष्यका कर्णधारहरूले सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले सानो प्रयासमात्रै गरेको जानकारी दिए ।
आगामी दिनमा आवश्यकता अनुसार सहयोग जुटाउने प्रतिवद्धता पनि व्यक्त गरे । राणा दम्पत्तीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र प्रधानाध्यापक निलकण्ठ पाठकलाई सामाग्री प्रदान गरेका थिए ।
वि.सं.२०७५ पुस २० शुक्रवार १४:४६ मा प्रकाशित