back

कम उमेरका किशोरी करणीको शिकार

वि.सं.२०७५ पुस २० शुक्रवार

366 

shares
IME Limited
NTC AD

२० पुुस,गोदावरी  । अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् ।

अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको विचार गर्न नसक्दा जबर्जस्ती करणीको शिकार पर्ने गरेका हुन् । ललितपुरमा आज आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ‘विद्यालय प्रहरी सम्पर्क कार्यक्रममा’ १८ वर्ष मुनिका किशोरीको क्षमता सही र गलत छुट्टयाउन नसक्ने हुँदा उनीहरु बढी जबर्जस्ती करणीको शिकार हुने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंँका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए ।

“आफन्त वा चिनजानका व्यक्तिबाट ६४ प्रतिशत किशोरी जबर्जस्ती करणीको शिकार पर्ने गर्नुभएको छ”, उपरीक्षक श्रेत्रीले भने “ केवल ३० प्रतिशत चिनजान नभएका व्यक्तिबाट किशोरीहरु जबर्जस्ती करणीका शिकारमा पर्नुहुन्छ ।”

ललितपुर महानगरपालिका १३ का वडाध्यक्ष रामकुमारी लिम्बूले बालबालिकाले परिवारसँगभन्दा बढी समय विद्यालयका शिक्षक र शिक्षिकासँग बिताउने हुँदा ती बालबालिकामा विशेष ध्यान दिनुपर्ने जानकारी दिइन् । “बालबालिकाको जीवन रक्षा गर्ने दायित्व परिवारभन्दा बढी शिक्षकशिक्षिकाको हातमा छ”, वडाध्यक्ष लिम्बूले भनिन् “विद्यालयमा शिक्षकशिक्षिकाले कडाइका साथ आफ्ना विद्यार्थीको जीवन सुधार्न लाग्नुपर्छ ।”

महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले बालबालिकालाई प्रहरीलाई अभिभावकसरह लिई आफूमा परेका समस्या उजागर गर्न आग्रह गरे ।

“विद्यार्थी, शिक्षक, अभिभावक, प्रहरी र स्थानीय तह सबै मिली समुदायबाट अघि बढ्दा जुनसुकै अपराध नियन्त्रण हुन्छ”, धानुकले थपे, “प्रहरीलाई बालबालिकाले साथीसरह व्यवहार गरी आफ्नो पीडा पोख्दा थुप्रै जोखिमको समाधान गर्न सकिन्छ ।”
माछापुच्छे्र्र्र« विद्यालयका कार्यकारी प्रमुख विनोदप्रसाद यादवले बालबालिकामा प्रहरीसम्बन्धी परेको नकारात्मक मनोवैज्ञानिक त्रास साझेदारी कार्यक्रममार्फत हटाउन सफल भएको जानकारी दिए ।

महानगरीय वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले १६ वर्षमुनिका किशोरकिशोरीलाई सामाजिक सञ्जालको प्रयोग नगर्न आग्रह गरे ।
सो अवसरमा सहभागीले विद्यार्थी र शिक्षकको सम्बन्ध गुरुकुलको जस्तो हुनुपर्ने, शिक्षकहरु सामाजिक सञ्जालभन्दा निकै अघि बढ्नुपर्ने, अभिभावकले सन्तानसँग खुलेर कुरा गर्नुपर्ने, अपराध बढाउने अवसर समाजबाट हटाउनुपर्ने, हरेक परिवारले आफ्ना बालबालिका र उनीहरुको क्रियाकलापमा ध्यान दिनुपर्ने, अश्लील तस्वीर वा भिडियो खिंच्न वा खिंचाउन नहुने, प्रेमजोडीले एकान्त स्थानमा नभई सार्वजनिक स्थानमा भेटघाट गर्नुपर्ने, अपरिचित व्यक्तिसँग बोल्दा कुनै जोखिम हुने सम्भावना देखिएमा बोल्दै हिँड्नुपर्ने, खराब मानिसको हाउभाउ र इशाराको विचार गर्नुपर्ने, जबर्जस्ती करणीको घटनामा परियो भने ननुहाई प्रहरीचौकीमा जानुपर्ने जस्ता सुझाव दिएका थिए ।

वि.सं.२०७५ पुस २० शुक्रवार १८:३७ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...