२१ पुस, काठमाडौं । व्यवसायी अजयराज सुमार्गीले आफ्नो खातामा तोकिएको साढे २ अर्ब भन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेष्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेको आजको नागरिक दैनिकमा समाचार छ ।
सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेष्टमेन्ट बैंक पुगेका थिए । उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय माग गरेको थियो । तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजाने बाटो खुला गरिदिएको हो ।
वि.सं.२०७५ पुस २१ शनिवार ०८:११ मा प्रकाशित