
२१ पुस, काठमाडौं । राममाया : घुटुघुटु पिएर खा । उठेछस् कि ?
गंगामाया ? सकेपो उठ्नु ?
बाह्रबर्षीया गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएकोमा छोरीको हेरविचारमा जुटेकी छन् उनी ।
मकवानपुर, राक्सीराङ गाउँपालिका ७ मा घर छ उनको । ‘काठमाडौंमा प्रन्ध्र सय रुपैयाँ बस भाडा लाग्छ,’ नातिनी खेलाउँदै राममायाले भनिन्, ‘मैले १७ वर्षमा छोरा जन्माएँ । छोरीले १२ वर्षमै छोरी जन्माई ।’
पुष १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो नौ स ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन्, मुर्सार्छिन् आफै लजाउँछिन् । मुस्काउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएका कारण उनलाई उठ्न समेत सकस छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७५ पुस २१ शनिवार ०८:२९ मा प्रकाशित