२१ पुस, काठमाडौं । सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरबाट ३२ हजार कर्मचारी जोडिएका छन् ।
मन्त्रालयका प्रवक्ता तथा सचिव शुरेश अधिकारीले समायोजन प्रक्रिायमा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिएका छन् । आजको राजधानी दैनिकबाट
वि.सं.२०७५ पुस २१ शनिवार ०८:४२ मा प्रकाशित