२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकिकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो । ललितपुरको एक होटलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरु छलफलमा जुँटे । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरुको एकिकरण देखि पोलिटव्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने ‘म्यान्डेट’ कार्यदललाई छ । प्रारम्भिक चरणमा एकिकरणको मापदण्डमा केन्द्रीत रहेर छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए । १६ पुसमा कार्यदल सदस्यहरुले प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर अध्यक्ष केपी होली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र खाका तयार पारिसक्न निर्देशन दिएका थिए । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ पुस २१ शनिवार ०८:५८ मा प्रकाशित