back

व्यपार विवादबारे वार्ता गर्न अमेरिकी टोली चीन जाँदै

वि.सं.२०७५ पुस २१ शनिवार

336 

shares
IME Limited
NTC AD

२१ पुस, वासिङ्टन डीसी, संयुक्त राज्य अमेरिका ।  अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् ।

व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन आउने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गरी जनाएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका नेताबीच यस पहिले जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि उनीहरूले व्यापार विवादलाई अस्थायी रूपमा नै भएपनि ९० दिनका लागि रोक्न सहमति जनाएका थिए ।

“शुक्रबार विहानै चीन र अमेरिकी नेतृत्वबीच टेलिफोन वार्ता भएको छ । उक्त उप–मन्त्रीस्तरीय टेलिफोन कुराकानीबाट व्यापार विवादबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल चीन आउनेछ,” चिनियाँ बाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।

चीनले वार्ताबारे थप पुष्टि गर्दै भनेको छ, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसले गर्नुहुनेछ । साथै प्रतिनिधिमण्डलमा वैदेशिक मामिलाबारे जानकार ड्याभिस मालपास पनि सहभागी हुनेछन् ।

अमेरिका तथा चिनियाँ व्यापार तथा आर्थिक बिषयका लागि गठित कार्यदलले दुई देशका उच्च नेताबीच अर्जेन्टिनामा भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयनका लागि रचनात्मक वार्ता गरी अघि बढ्ने विश्वास चीनको रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

वि.सं.२०७५ पुस २१ शनिवार ०९:५९ मा प्रकाशित

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान...

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर...

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम  । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर...

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

बैङ्कक । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन कलमा सार्वजनिक...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

याङगुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...