२२ पुस काठमाडौ । नेपाली सेनाले भिभिआइपी विशिष्ट का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ । सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलीकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ । तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौ आइसकेको छ । डेढ अर्बभन्दा बढी मुल्यको उक्त हेलीकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।
बाँकी तीनमा एउटा अगस्टा र दूइवटा बेल रहेको सेनाले जनाएको छ ।
विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलीकोप्टर एयर बेसअन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौमा रहने सेनाले जनाएको छ । ती हेलीकोप्टर विदेशी राष्ट्रप्रमुख , सरकार प्रमुख तथा विशिष्टहरुको उडानमा प्रयोग हुनेछन् ।
सेनाले हेलीकोप्टर प्राकृतिक विपत्तिका बेला पनि प्रयोग गर्न सकिने जनाएको छ । आजको नागरिक दैनिक समाचार छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ०७:५६ मा प्रकाशित