back

बैंक तथा वित्तीय संस्थालाई ‘मर्जर’मा जान राष्ट्र बैंकको प्रोत्साहन

वि.सं.२०७५ पुस २२ आइतवार

531 

shares

पुस, काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन(मर्जर)का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा त्यस्तो प्रक्रियाका लागि आवेदन दिँदा त्यस्ता संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत जानकारी दिन सुझाएको छ ।

प्रादेशिकस्तरका वित्तीय संस्था एकापसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता पूँजी तथा पूँजीकोष केन्द्रीय बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गर्ने नीति लिइएको छ ।

यस्तै राष्ट्र बैंकले तोकेको अवधिभित्र तोकेबमोजिम पूँजी नपु¥याएको, पाँच वर्षदेखि लगातार नोक्सानीमा रहेका बैंक तथा वित्तीय संस्थालाई गाभिनका लागि प्रोत्साहन गर्नेछ । राष्ट्र बैंकले दिएको निर्देशन उल्लङ्घन गरेको र जोखिम व्योहोर्ने कोष कायम गर्न नसकेकालाई पनि गाभिनका लागि प्रेरित गर्ने नीति लिएको केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता

धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो ।

बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ ।

सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९, ग्लोबल आइएमइ बैंकको १०२ कित्ता शेयर कारोवार भयो ।

यस्तै अपि पावर कम्पनी ९७, नेशनल लाइफ इन्स्योरेन्स ९३ र नेपाल लाइफ इन्स्यारेन्सको ९० कित्ता शेयर कारोवार भए । यस्तै बजार पूँजीकरणमा यस साता नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, नवील बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआइ बैंक र एनएमबी बैंक विगतमा जस्तै बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीका रुपमा रहे । स्टकका अनुसार यस साता चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै शेयर सूचीकरण भयो । सो संस्थाको १८ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:०८ मा प्रकाशित

Himalayan Life AD
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...