Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

लिगको अन्तिम चरणका दुवै खेल बराबरीमा



२२ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको १०औँ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर ३२आँै मिनेटमा च्यासलका छिरिङ गुरुङको पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । पहिलो हाफ एक÷एक गोलमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

जारी लिगमा १३ खेलबाट १५ अङ्क जोड्दै च्यासल अङ्क तालिकाको आठौँ स्थानमा छ भने जावलाखेलले १३ खेलबाट १३ अङ्क जोड्दै १०औँ स्थानमा छ । यसैबीच आजै भएको दोस्रो खेलमा पनि विभागीय टिम पुलिस सरस्वती युथ क्लबसँगै बराबरीमा रोकिएको छ । हल्चोक मैदानमै भएको खेलमा सरस्वती र पुलिसले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

खेलको ४९औँ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तीर्थ बस्नेतलाई डी बक्सभित्र लडाएपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ५३औँ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसँग पुलिसले १३ खेलबाट १९ अ्क जोड्दै तालिकाको छैटौँ स्थानमा यथावत् छ । सरस्वती १३ खेलबाट १४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय