२२ पुस काठमाडौ । द्धन्द्ध सकियो । गण्तन्त्र आयो । संविधान बन्यो । देशले संघीयता पायो । दस वर्षे हत्या हिंसाको संस्मरण समीक्ष भने जारी छ । यस्तै सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष्य अनुपराज शर्माले द्धन्द्धकालमा सेना किन टुलटुल हेरेर बस्यो भन्ने प्रश्न गरेका छन् ।
‘सेना देशको हो, राज्यका लागि हो भने छुलछुल हेरेर किन बस्यो ?’ ठुला–ठुला भिढन्तमा उद्धार उडान गरेका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति बारुदमाथि उड्दा को शनिबार विमोचन गर्दै पूर्वप्रधानन्यायाधीश शर्माले भने, कसको आदेश पर्खेर बस्यो ? यो अनुसन्धानको विषय हो ।
पुर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले तत्कालीन सैनिक नेतृत्वले परिचालन गर्न नचाहेको बताए । आर्मी परिचालन गर्न त्यसबेलाको नेतृत्वले कहिल्यै चाहेन । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ०८:१९ मा प्रकाशित