२२ पुस भारत । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आफैँले चर्चेको जग्गामा कंक्रिट भवन बनाउन अनुमति नपाएपछि करोडौ रकम खर्चेर प्रिफेब भवन बनाएको छ ।
बारखम्बा रोडमा रहेको दूतावास परिसरमुनिबाट चार वर्षयता दिल्ली मेट्रो सन्चालन भइरहेको छ । यो क्षेत्र भारत सरकारको विशेष क्षेत्र लुटेन्स बंग्लो जोन भएकाले आवासीय कंक्रिट भवन बनाउन अनुमति मिल्न सकेन, दूतवासका एक उच्च अधिकारीले भने, त्यसैले नक्सा पास अनुमति नचाहिने प्रकारका चारवटा ब्लक प्रिफब संरचनामा बनाएका हौ ।
अप्रिलमा निर्माण सम्पन्न भएर हाल कूटनीतिक कर्मचारीको बसोबास सुरु भइसकेको ४ वटा ब्लक बनाउँदा झन्डै ५ करोड रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ०८:३१ मा प्रकाशित