२२ पुस काठमाडौ । सरकारले प्रदेश लोकसेवा निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गर तयार पारेको प्रदेश लोकसेवाको आयेगको गठन,काम,कर्तव्य र अधिकारी सम्बन्धी आधार मापदण्ड निर्धारण सम्बन्धी विद्येयक राष्ट्रिय सभामा दर्ता गरेको छ । राष्ट्रिय सभाबाट यो विद्येयक प्रतिनिधिसभामा जानेछ ।
प्रधानमन्त्रीतथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश लोकसेवा आयोगको मापदण्डसम्बन्धी विद्येयकलाई स्वीकृत गराइ प्रदेशमा पठाउने तयारी गरिएको जानकारी दिएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ०८:४० मा प्रकाशित