
२२ पुस काठमाडौ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको माग दोब्बरले वुद्धि भएको छ । दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ तिहार तथा छठका अवसरमा दुई महिनाभन्दा बढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
दैनिक माग बढेपछि प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स संख्या पनि थपिदै आएको छ । दशै अघिसम्म करिब छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी थियो । प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स जिभागले पनजी कम्पनी मालिका इन कर्पोरिटलाई दिएको छ । आजको गोरखापत्र दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ०८:५१ मा प्रकाशित