back

कुखुरा व्यवसायी मञ्चमा पौडेल

वि.सं.२०७५ पुस २२ आइतवार

312 

shares

२२ पुस, चितवन ।  जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।

अन्य सदस्यमा त्रिलोचन कँडेल, रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, भीमनारायण श्रेष्ठ, वीरबहादुर गुरुङ, जनकमान श्रेष्ठ, विनोद पोखरेल, तारा काफ्ले, लीला कँुवर र भुपेन्द्र कर्माचार्य रहेका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेशसभाका सांसद घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतले कुखुरा व्यवसायमा देश आत्मनिर्भर हुँदै गएकोमा सराहना गरेका थिए ।

वि.सं.२०७५ पुस २२ आइतवार ०९:१९ मा प्रकाशित

‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादन

‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादन

म्याग्दी । म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ ।...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...

आलु र भाङको बजारीकरण गर्दै पालिका

आलु र भाङको बजारीकरण गर्दै पालिका

बलेवा (बागलुङ) । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको...

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

पशुपालन मुख्यतः ग्रामीण क्षेत्रको जनजीवन र कृषि प्रणाली जोडिएको छ।...

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि समस्यामा किसान

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि समस्यामा किसान

म्याग्दी (बेनी) । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन...

पाहुनालाई मायाको चिनो ‘रायो साग’

पाहुनालाई मायाको चिनो ‘रायो साग’

ढोरपाटन (बागलुङ) । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र...