
जिपी कोईराला फाउन्डेसनका उत्तर र दक्षिण अमेरीकाका अध्यक्ष सोमनाथ घिमिरेकी ठुलो दिदी पदमा रिमाल घिमीरेको निधन भएको छ ।
रिमालको ४९ वर्षको उमेरमा काठमाडौमा शुक्रवार बिहान ६ बजे निधन भएको पारीवारिक स्रोतले जनाएको छ ।
सोमनाथ घिमिरेले आफ्नो सबैभन्दा ठूलो दिदी पदमा रिमाल (घिमिरे) को आकस्मिक निधन भएकोमा स्तब्ध भएको बताए । ‘वहाको निधनको खबरले म लगायत परिवार जन स्तव्ध भएका छौ’ घिमिरेले शोक व्यक्त गरे’ उनले दिदीको आत्माको चिर शान्तिको कामना गर्दै भनेका छन् ‘दिदीको चिर आत्माको शान्तिको कामना सहित बैकुण्ठ बास तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी श्री पशुपतिनाथ भगवान सँग प्राथर्ना गर्दछु ।’
मृतक पदमा रिमालको एक छोरा छन्, हाल उनी अमेरिकाको न्युजर्सीस्थित इन्सटिट्युड अफ टेक्नोलिजिमा अध्ययनरत छन्।
वि.सं.२०७५ पुस २२ आइतवार १०:२६ मा प्रकाशित


























