
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७५ साल पौष २२ गते प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन नेपालगंजमा स्थापना गरेको छ ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना : संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु (बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज, सानोश्री तथा सिद्धार्थनगर ) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ५ मा रहेका १३ जिल्ला मध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ४०,००० ग्राहकवर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ । यस अगावै बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।
नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
वि.सं.२०७५ पुस २२ आइतवार ११:१७ मा प्रकाशित