Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु संगठित



अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु संगठित भएका छन् । ५ जनवरीका दिन अष्ट्रेलियाको सिड्नीस्थित अर्वनमा भएको पत्रकारहरुको भेलाले ‘नेपलीज अष्ट्रेलियन पत्रकार संघ’ दर्ताका लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।
सेतोपार्टीका पत्रकार हेमन्त काफ्लेको संयोजकत्वमा १५ सदस्यीय तर्दथ समिति गठन गरिएको हो । समितिमा एसबिएस नेपाली सेवाका रिजेश अर्याल, अनलाईन खबरका मनऋषि धिताल, एमएन टिभीका चिरञ्जिवी देवकोटा, कान्तिपुर दैनिकका नारायण खड्का र नेपाली पत्रका ऋषि आचार्य छन् ।
त्यस्तै नेपाल न्युज अष्ट्रेलियाका माधव गैरे, कृष्ण तिवारी, कान्तिपुर टिभी र नेपाल ट्युब अष्ट्रेलियाका सरल गुरुङ, हिमालयन रेडियोका टिका कार्की , साउथ एसिया डटकमका राम खत्री तथा पर्थका कमल सिलवाल, क्यानवेरका सुवेल भण्डारी, डिल्ली ढकाल र सरिता ढकाल पनि तदर्थ समितिमा रहेका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको उपस्थितिमा गठन भएको समितिले ३ देखि ६ महिना भित्रमा संस्था दर्ता, निर्वाचन र सदस्यता वितरण सम्बन्धी आवस्यक प्रक्रिया पूरा गर्ने संयोजक काफ्लेले बताएका छन् ।
सोहि अवसरमा महासचिव विष्टले प्रवासमा रहेका पत्रकारहरु एकजुट हुँदा त्यहाँको नेपाली समुदायलाई फाइदा हुने बताउँदै पत्रकार महासंघले यहाँको समितिबाट व्यवसायीक मर्यादाबाहेक अन्य कुनै पनि लाभको आसा नराखेको स्पष्ट पारे ।
त्यस्तै संयोजक काफ्लेले अष्ट्रेलियामा रहेर जनतालाई सू–सूचित पार्ने काममा लागेका व्यवसायिक पत्रकारहरुलाई नैतिक सहयोग प्रदान गर्ने बताएका थिए ।
संघमा अष्ट्रेलियामा रहेका झण्डै दुई दर्जन पत्रकार संगठित हुने आसा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार