२३ पुस, काठमाडौं । कतारको राष्ट्रिय दिवसको अवसरमा ९ नेपालीलाई आममाफी दिइएको नेपाली दूतावास कतारले जनाएको छ ।
दूतावासका अनुसार कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका ९ नेपाली कैदी बन्दीलाई कतार सरकारद्धारा आममाफी सहित रिहाइ गरिएको हो ।
दूतावासले सामाजिक संजाल फेसबुकमा जानकारी दिएको छ ।
वि.सं.२०७५ पुस २३ सोमवार ०८:२९ मा प्रकाशित