back

अर्याललाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९’ को उपाधि

वि.सं.२०७५ पुस २३ सोमवार

552 

shares

 

‘हाम्रो टोपी, हाम्रो शान, नेपालीको पहिचान’ नाराबाट शुरु गरिएको छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा विश्वभर रहेका नेपालीको तर्फबाट प्रतियोगितामा झण्डै दुई हजार पाँच सय तस्बीरहरु प्राप्त भएका थिए ।

प्रथम स्थान प्राप्त गर्ने फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्ने निर्मल अर्याललाई मानार्थ ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९’ को उपाधिले सम्मान गरिएको छ ।

स्मरण रहोस गत वर्षको उपाधि दिनेश बाला श्रेष्ठ (ईटली) लाई प्राप्त भएको थियो । यो मानार्थ उपाधि फोटो प्रतियोगितामा प्रथमस्थान हासिल गरेको मात्र नभई बिदेशमा रही नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएका एक नेपाली युवकलाई प्रदान गरिएको छ ।

आफूलाई नेपाली मात्र होइन गोर्खाली समेत भन्न रुचाउने निर्मल अर्यालको जन्म आजभन्दा झण्डै ४० बर्ष अघि नेपालको गोरखा जिल्लामा भएको थियो ।

 

वि.सं.२०७५ पुस २३ सोमवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...