
२३ पुस रुपन्देही । प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरीद गरेको छ । सभामुख, उपसभामुख , विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो ।
अहिले उनीहरु नयाँ हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्धामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सवालमा भने प्रतिपक्ष पनि सत्तापक्षसँगै उभिएको छ । गाडी खरीदमा प्रदेशसभाले सात करोड ९१ लख ४४ हजार मध्ये ११ वटा गाडी टाटा कम्पनीको सफारी स्ट्रोम भिएक्स छन् । बाँकी दुईवटामध्ये एउटा निसान टेरानो र अर्को महेन्द्रा स्कार्पियो छन् । आजको नागरिक दैनिक समाचारमा छ ।