२३ पुस काठमाडौ । कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्यले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा लबिइङ थालेका छन् । पार्टीको गाँउ नगर र क्षेत्र तहमा चुनाव हारिने डरले उनीहरुले यस्तो लबिइङ थालेका हुन् ।
यही कारण माघ १० मा हुने केन्द्रीय कार्यसमितिको बैठकबाट केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने संकेत देखिएको छ ।
पुस ८ को महासमिति बैठक समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने प्रतिबद्धता जनाएका थिए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २३ सोमवार ०८:५३ मा प्रकाशित