
२३ पुस, काठमाडौं । विगतमा संस्थान निर्देशन बोर्डले खुल्ला प्रतिश्पर्धाको आधारमा नियुक्ति गर्दै आएकोमा त्यसलाई कोमामा पु¥याइयो । बोर्डबाट सबै अधिकार झिकेपछि अहिले पनि सामान्य सूचना निकालेर प्रतिश्पर्धा गराई सरकारी संस्थानहरुमा नियुक्तिको प्रक्रिया पूरा गरिन्छ । तर औद्योगिक क्षेत्र व्यवस्थापन लि. को अध्यक्ष नियुक्तिमा यो कुनै प्रक्रिया पूरा गरिएन नै तालुक उद्योग मन्त्रालयलाई समेत थाहा नदिइ अपारदर्शी रुपमा गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकबाट योग्यता सम्बन्धी कार्यविधि संशोधन गरी उनलाई ठाडो नियुक्ति गर्ने निर्ण गरेको एकसातापछि मात्र मन्त्री मातृका यादवले बस्नेतालाई अध्यक्ष बनाउने निर्णय भएको थाहा पाएका थिए । त्यो पनि बस्नेताले नै नियुक्ति निर्णयको कपि लिएर मन्त्रालयलाई बोर्धाथ बुझाउन गएपछि मात्र उनले थाहा पाएका हुन् । बस्नेत मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरी नियुक्ति दिने पत्र बोकेर मन्त्रालय जाने गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा भएको नियुक्तिको बारेमा आफूलाई नै थाहा नभएकाले कार्यविधि पनि संशोधन नगर्ने र नियुक्ति पनि नदिने अडान राख्दै आएका छन् ।
मन्त्री यादवले मेरो मन्त्रालयमा गरेको नियुक्ति मलाइ नसोधि कसरी गरियो ? मलाई थाहा छैन भन्दै आक्रोस व्यक्त गरेका थिए । आजको साँघु साप्ताहिकबाट