Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

सुन र नगदसहित एक पक्राउ



२३ पुस, काठमाडौ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए । “अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्”, उनले भने ।

पक्राउ अधिकारीसँग प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ । प्रहरीले अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे वृत्तले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय