Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए इटालीको बार्षिक साधारणसभा सम्पन्न



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको बार्षिक साधारणसभा इटालीको पारमा कोलेकिओमा भव्यताका साथ सम्पन्न भएको छ ।

संघका अध्यक्ष दिपेसकुमार रेग्मीको सभापतित्वमा जनवरी ५ का दिन सम्पन्न भएको उक्त साधरणसभामा नेपाली राजदूताबास स्विजरल्याण्डको तर्फबाट मिनिस्टर काउन्सेलर राम प्रसाद सुबेदीको प्रमुख आतिथ्ता, रोमस्थित नेपाली कन्सुलेटको तर्फबाट काउन्सुलर पाओलो नुगारीको बिशिस्ट आतिथ्यता तथा एनआरए युरोपका संयोजक शिवकुमार बरुवालको बिसेष उपस्थिति रहेको साधारणसभामा पारमा सहरका उपमेयर जान्कार्लो दोदी साथै राजनीतिज्ञ मारिया स्तेललाको समेतको उपस्थिति रहेको थियो ।

मिनिस्टर काउन्सेलर रामप्रसाद सुबेदीबाट पानसमा बत्ति बालेर सुरु गरिएको साधरणसभामा पारमा कोलेकिओ समाजको तर्फबाट सम्पूर्ण अथितिहरुलाई बिसेष स्वागत गरिएको थियो ।
यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीका उपाध्यक्ष देवराज गुरुङले संघको तर्फबाट सभामा विभिन्न क्षेत्रबाट उपस्थित सम्पूर्णलाइ स्वागत गर्दै स्वागत मन्तब्य राखेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबाट कार्यक्रम सफलताको लागि शुभकामना संदेश प्राप्त भएको थियो । साथै नेपाली समाज रोम, नेपाली समाज भेनिस लागायत विभिन्न संघ सस्थाहरुबाट पनि साधारणसभा सफलताको लागि शुभकामना सन्देशहरु प्राप्त भएका थिए ।

सोहि अवसरमा इटालीभित्र रहेका हरेक नेपालीहरुका समस्याहरु समाधान साथै नेपाली समुदायप्रति गरेको महत्वपूर्ण सहयोगप्रति उच्च कदर गर्दै रोमस्थित नेपालका लागि होनरी काउन्सेलर पाओलो नुगारीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको तर्फबाट बिसेष सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो ।


यसैगरी पारमा सहरका उपमेयर जानकार्लो दोदीले बिसेष निमन्त्रणाको लागि हार्दिक धन्यबाद दिदै सानो संख्यामा रहेको नेपाली समुदायबाट आफु निक्कै प्रभावित भएको बताउदै सक्दो सहयोगको लागि आफू जहिले पनि तयार रहेको बताएका थिए ।

एनआरएनए इटालीको तर्फबाट उपाध्यक्ष मनोजकुमार कार्कीले गैरआवसीय नेपाली संघ इटालीको बिधानमा संसोधनका लागि बिषय बस्तुहरु बुंदागत रुपमा छलफलका लागि प्रस्तुत गरेका थिए । साथै संघका सल्लाहकार एबम बिधान संसोधन समितिका संयोजक रिचार्ड भण्डारीले बिगतमा एनआरएनए इटालीभित्र देखिएका समस्या तथा कमजोरीहरुबाट अनुभब लिदै आउदादिनहरुमा त्यस्ता समस्याहरु दोहोरिन नदिन साथै एनआरएनए इटालीलाइ इटालीभित्र रहेका सम्पूर्ण नेपालीहरुको साझा सस्थाको रुपमा आगाडी लैजानका लागि बिधानलाइ समयअनुसार परिमार्जन गर्दै जिम्मेवारीपूर्बक बर्तमान कार्यसमिति आगाडी बढ्नुपर्ने बताए ।

यसैगरी एनआरएनए इटालीका पूर्वअध्यक्ष र हालका आइसिसि सदस्य क्षेत्रकुमार श्रेष्ठुले आफु इटालीभित्र रहेका नेपालीहरुको हकहित तथा समस्या समाधानको लागि सधै लागि परेको भन्दै हामी नेपालीहरु आफुमा नै सचेत बन्नुपर्ने र व्यक्तिगत इगो भन्दा सामुहिक हितमा जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

साधरणसभामा बिसेश अथितिको रुपमा रहेका गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति युरोपका संयोजक शिवकुमार बरुवालले निमन्त्रना साथै न्यानो स्वागतको लागि सम्पूर्ण इटालीबासि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु, बिसेषत एनआरएनए इटालीलाइ हार्दिक धन्यबाद दिदै आफूहरुले इटालीभित्र रहेका नेपालीहरुको समस्यालाइ गम्भीरतापुर्बक लिएको बताएका थिए । उनले समस्या समाधानको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली संघका कामकारबाहीका बारेमा जानकारी गराउदै इटालीमा आयोजना हुनगैरहेको गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सम्मेलन भब्यरुपमा सफल बनाउनको लागि सबैमा हार्दिक आव्हान समेत गरेका थिए ।


रोमस्थित नेपाली कन्सुलेट, होनरि कन्सोलर पाओलो नुगारीले इटालीभित्र रहेका नेपालीहरुको तर्फबाट एनआरएनए इटालीले गरेको सम्मानप्रति हार्दिक धन्यबाद व्यक्त गर्दै आउदा दिनहरुमा पनि आफू सधै नेपालीहरुको दुखसुखको साथी रहने बताए ।

त्यस्तै प्रमुख अतिथि राजदुताबासका स्विजरल्याण्डका मिनिस्टर काउन्सेलर रामप्रसाद सुबेदीले आफूहरु सधै नेपालीहरुका हकहितको लागि एनआरएनएसंग मिलेर काम गर्न तत्पर रहेको बताउदै विदेशमा कुनै पनि नेपालीहरुले दुख नपाउन भन्ने आफ्नो प्राथमिकता रहेको बताएका थिए । साथै निमन्त्रणा र न्यानो स्वागत लागि एनआरएनए इटाली लगायत सम्पूर्ण इटालीस्थित नेपालीदाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यबाद दिएका थिए ।

सभामा कार्यसमितिको तर्फबाट सदस्य भबेशकुमार सिंहले बार्षिक आय ब्ययको बिबरण प्रस्तुत गरेका थिए । यसैगरि सभाका सभापति एबम संघका अध्यक्ष दिपेश कुमार रेग्मीले संघको बार्षिक गतिबिधि साथै आगामी कार्ययोजना बारे जानकारी गराउदै सम्पूर्ण उपस्थित सबैमा हार्दिक धन्यबाद दिएका थिए ।

सभामा अगष्ट ११ र १२ मा पिसामा सम्पन्न प्रथम एनआरएनए कप फूटबल प्रतियोगितामा सहभागी नेपाली समाजहरुलगायत बिसेष सहयोग गर्ने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

साधारणशभाले २०१९ मा इटालीमा आयोजना हुन गइरहेको गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सम्मेलनलाइ अवसरको रुपमा लिई भब्यरुपमा सफल बनाउने प्रस्ताबलाई एकैस्वरमा अनुमोदन गरेको छ ।
अन्तमा संघका महासचिब साथै कार्यकर्म संचालक छबिलाल कंडेललले वर्तमान कार्यसमितिलाई विभिन्न समस्याका बाबजुद पनि आफ्नो बार्षिक साधारणसभा सफलतापूर्बक सम्पन्न गर्न र एनआरएन वर्तमान कार्यसमितिलाई अहिले सम्मकै सफल कार्यसमितिको दिशामा अग्रसर बनाउन सहयोग गर्नुहुने सम्पूर्ण इटालीस्थित नेपाली दाजुभाई दिदि बहिनि , स्थानीय नेपाली समाज, बुदिजीबी, पत्रकार लगायत सम्पूर्णमा बिसेष धन्यबादका साथै बिसेष गरेर साधारणसभा आयोजनाको लागि नेपाली समाज पारमा कोलेकिओ तथा पारमा कोलेकिओ स्थित सम्पूर्ण नेपाली दाजुभाईतथा दिदिबहिनीहरुलाई हृदय देखिनै धन्यबाद दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।