back
CTIZAN AD

अस्पताल बनाउन रु एक करोड दान

वि.सं.२०७५ पुस २३ सोमवार

783 

shares

२३ पुस, दमौली  । तनहुँको बन्दीपुर पुख्र्यौली घर भई हाल चितवन बस्ने कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि रु एक करोड दान गरेका छन् ।
आफ्ना स्व बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा उनीहरुले अस्पताल निर्माणका लागि उक्त रकम दान गरेका हुन् । अस्पताल भवन जीर्ण भएपछि गाउँपालिकाले नयाँ भवन निर्माण शुरु गरेको छ । भवनको आज गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिलान्यास गरेका छन् ।
बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन उक्त रकम गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले जानकारी दिए । गाउँपालिकाले अस्पताल निर्माणका लागि सहयोग गर्न आग्रह गरेपछि सो रकम प्रदान गरेको उनले बताए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रुपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिए । करीब रु छ करोडको लागतमा बन्ने अस्पताल भवन चार तलाको हुनेछ । तत्कालका लागि दुई तल्लाको बनाइने र एक तल्ला प्रधान परिवारको स्मृतिमा नामाकरण हुने बताइएको छ । भवन निर्माणका लागि गाउँपालिकाले समेत केही रकम हाल्ने र अपुग रकम बन्दीपुरवासीसँग सङ्कलन गरिने उनले बताए । उनका अनुसार अस्पताल भवन निर्माणका लागि प्रधान परिवारले थप रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७५ पुस २३ सोमवार २०:१३ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...