back

अस्पताल बनाउन रु एक करोड दान

वि.सं.२०७५ पुस २३ सोमवार

402 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, दमौली  । तनहुँको बन्दीपुर पुख्र्यौली घर भई हाल चितवन बस्ने कृष्णलाल प्रधान र चिरञ्जीवी प्रधानले बन्दीपुर अस्पताल निर्माणका लागि रु एक करोड दान गरेका छन् ।
आफ्ना स्व बुबा शम्भुलाल प्रधान र आमा बालकुमारी प्रधानको स्मृतिमा उनीहरुले अस्पताल निर्माणका लागि उक्त रकम दान गरेका हुन् । अस्पताल भवन जीर्ण भएपछि गाउँपालिकाले नयाँ भवन निर्माण शुरु गरेको छ । भवनको आज गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शिलान्यास गरेका छन् ।
बुबाआमाको स्मृतिमा केही रकम सामाजिक सेवामा लगानी गर्ने उद्देश्यसहित अस्पताल बनाउन उक्त रकम गाउँपालिकालाई प्रदान गरेको कृष्णलाल प्रधानले जानकारी दिए । गाउँपालिकाले अस्पताल निर्माणका लागि सहयोग गर्न आग्रह गरेपछि सो रकम प्रदान गरेको उनले बताए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा ज्येष्ठ नागरिक अस्पतालका रुपमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष थापाले जानकारी दिए । करीब रु छ करोडको लागतमा बन्ने अस्पताल भवन चार तलाको हुनेछ । तत्कालका लागि दुई तल्लाको बनाइने र एक तल्ला प्रधान परिवारको स्मृतिमा नामाकरण हुने बताइएको छ । भवन निर्माणका लागि गाउँपालिकाले समेत केही रकम हाल्ने र अपुग रकम बन्दीपुरवासीसँग सङ्कलन गरिने उनले बताए । उनका अनुसार अस्पताल भवन निर्माणका लागि प्रधान परिवारले थप रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वि.सं.२०७५ पुस २३ सोमवार २०:१३ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...