
२४ पुस बुटवल । मन्त्री सचिवका लागि नयाँ गाडी किन्ने योजना बनेपछि प्रदेश ५ को कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा पहाड चड्ने, फोर ह्विल र टिकाउयुक्त गाडीमा सचिवको जोड थियो ।
बोलपत्र आह्वानको करिब एक हप्ता गाडीकै विषयमा छलफल भएपछि स्कोर्पियो गाडी किन्ने तयारी गर्दै प्राविधिक मुल्यांकन सुरु भयो । तर त्यसको केही दिनपछि मन्त्री आरती पौडेलका चालकले अर्र्को गाडी टाटा स्टोर्म किन्ने खेस्रा बोकेर अधिकृतसँग आए । एकाएक मन्त्री पौडेलले स्टोर्म गाडी किन्न निर्देशन दिइन् ।
अनलाइनमार्फत बोलपत्र आह्वान भयो । महिन्द्रा र टाटा कम्पनीको गाडी बेच्ने दुई डिलर अग्नि र सिप्रदीले टेन्डर हाले । छलफल भयो, टाटा कम्पनीको स्टोर्म गाडी किन्ने निर्णय भयो, जसले एउटा गाडी ७२ लाख ९९ हजारमा दिन सकिने गरी बिड गरेको थियो ।
सोही समयमै प्रदेश ५ को प्रदेशसभाले १४ वटा गाडी किन्न टेन्डर गरिरहेको थियो ।
मन्त्रालयको योजना प्रदेशसभामा ११ वटा टाटा स्टोर्म र सभामुख तथा सचिवका लागि छुट्टै किनियो । टाटा कम्पनी स्टोर्म गाडीलाई प्रदेशसभाले भने ७१ लख ९५ हजार मुल्य राख्यो । प्रदेशसभालाई बुटवलको सफल अटोमोबाइलले गाडी बेचेको हो ।
दुई सरकारी निकायले एउटै गाडी दुई फरक मुल्यमा किनेपछि लाखौ घोटाला भएको भन्दै संसद् र सिमतिको बैठकमा चर्चा सुरु भएको छ । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।