back

नयाँ गाडी किन्दा लाखौँ घोटाला

वि.सं.२०७५ पुस २४ मंगलवार

681 

shares

२४ पुस बुटवल । मन्त्री सचिवका लागि नयाँ गाडी किन्ने योजना बनेपछि प्रदेश ५ को कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा पहाड चड्ने, फोर ह्विल र टिकाउयुक्त गाडीमा सचिवको जोड थियो ।

बोलपत्र आह्वानको करिब एक हप्ता गाडीकै विषयमा छलफल भएपछि स्कोर्पियो गाडी किन्ने तयारी गर्दै प्राविधिक मुल्यांकन सुरु भयो । तर त्यसको केही दिनपछि मन्त्री आरती पौडेलका चालकले अर्र्को गाडी टाटा स्टोर्म किन्ने खेस्रा बोकेर अधिकृतसँग आए । एकाएक मन्त्री पौडेलले स्टोर्म गाडी किन्न निर्देशन दिइन् ।

अनलाइनमार्फत बोलपत्र आह्वान भयो । महिन्द्रा र टाटा कम्पनीको गाडी बेच्ने दुई डिलर अग्नि र सिप्रदीले टेन्डर हाले । छलफल भयो, टाटा कम्पनीको स्टोर्म गाडी किन्ने निर्णय भयो, जसले एउटा गाडी ७२ लाख ९९ हजारमा दिन सकिने गरी बिड गरेको थियो ।
सोही समयमै प्रदेश ५ को प्रदेशसभाले १४ वटा गाडी किन्न टेन्डर गरिरहेको थियो ।

मन्त्रालयको योजना प्रदेशसभामा ११ वटा टाटा स्टोर्म र सभामुख तथा सचिवका लागि छुट्टै किनियो । टाटा कम्पनी स्टोर्म गाडीलाई प्रदेशसभाले भने ७१ लख ९५ हजार मुल्य राख्यो । प्रदेशसभालाई बुटवलको सफल अटोमोबाइलले गाडी बेचेको हो ।
दुई सरकारी निकायले एउटै गाडी दुई फरक मुल्यमा किनेपछि लाखौ घोटाला भएको भन्दै संसद् र सिमतिको बैठकमा चर्चा सुरु भएको छ । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:१७ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...