
२४ पुस काठमाडौ । सरकारले सोचेअनुसार गर्ने हो भने सिंहदरबारभित्रका मन्त्रालय एकैनासका बन्ने छन् । सबैको बाहिरी रुप एउटै बन्ने छ । २१ व्टै मन्त्रालयलाई पुरानो सिंहदरबारको मुल कला र स्वरुपसँग सुहाउने स्वरुप दिइने छ ।
सिंहदरबारको पर्खाललाई पनि कलात्मक र सुन्दर बनाइने छ भने पर्खालतिर झिलीमिलि बत्ती बल्नेछ । चारै दिशाका प्रवेशद्धार कलात्मक ऐतिहासिक र पुरातात्विक बनाइनेछ । संघीय प्रशासनिक केन्द्रलाई बुटिक रुप दिने सरकारको सोचाइ अधिकारीहरुले बताएका छन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।