back

प्रवासी नेपालीद्वारा राहत प्रदान

वि.सं.२०७५ पुस २४ मंगलवार

333 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, बेझाड ।  वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् ।

पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताए । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन भएको थियो । शव ल्याउन कम्पनीले सहयोग नगरेपछि दुई महीनापछि मात्र गैरेको शव नेपाल ल्याइएको थियो । उनको श्रीमती, दुई छोरी र एक छोरा बिचल्लीमा परेपछि प्रवासी नेपालीले रकम सङ्कलन थालेका हुन् ।

विदेशीको सहयोगमा भवन र पुस्तकालय

पाल्पाको पूर्वखोला गाँउपालिका–१ सिलुवामा विदेशी नागरिकको सहयोगमा सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको छ । जापानी नागरिक सुजुकी रेइकोको आर्थिक सहयोगमा सिलुवा बजारमा ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको हो ।

जापानी नागरिक काजुमासा काकिमीमार्फत रेइकोले रु पाँच लाख उपलब्ध गराएको पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । उक्त रकमले एक कोठे पक्की भवन निर्माण तथा रु एक लाख बराबरको पुस्तक खरिद गरिएको छ । ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालयको सोमबार पूर्वखोला गाँउपालिकाका अध्यक्ष थापाले उद्घाटन गरे ।

वि.सं.२०७५ पुस २४ मंगलवार १०:२१ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...