२५ पुस काठमाडौ । भिसा अवधि सकिएपछि २ महिनादेखि प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट फिर्ता गरिएका छन् । रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन आएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो । एक जनालाई भने प्रहरीले थप अनुसन्धान गर्न भन्दै फर्काएको र्छैन् ।
ग्त असार तेस्रो साता दुई चरणमा गरी १४ नेपाली चीनको साङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पो आएका थिए ।
२१ द्येखि ३५ वर्षका उनीहरुलाई राम्रो आम्दानीको लोभ देखाउँदै चिनियाँ र मलेसियनले खोलेको रेस्टुरेन्टमा काम गर्न ल्याइएको थियो । आएकामध्ये धादिङका अनिल धिताल एक महिनाको भिसा सकिनासाथ फर्किएका थिए । बाँकी १३ मध्ये धनुषाका कृष्णबहादुर लामा र अभिन घिसिङ, दोलखाका दिनेश कुमार कार्की , सर्लाहीका रमेश परियार र दीपक कार्की, धादिङका सौगात धिताल, चितवनका अंकित परियार र विशाल परियार, काभ्रेका भीमबहादुर तामाङ लगायत थिए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।