back

कुवेतमा ४८ नेपालीको मृत्यु, ८ करोड बढी क्षतिपूर्ति रकम उपलब्ध

वि.सं.२०७५ पुस २५ बुधवार

333 

shares
GLOBAL IME AD
NTC AD

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा यो वर्ष ४८ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्ती जारी गर्दै गतवर्ष कुवेतमा ह्दयघात, विभिन्न स्वास्थ्यसम्बन्धी रोग, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्रमा हुने दुर्घटना आदिका कारण मृत्यु भएका ४८ जना नेपालीको मुत्यु भएको जानकारी गराएको हो । त्यसमध्ये ३६ पुरूष र १२ महिला रहेका छन् । मृतकहरुको शव कानुनी प्रकृया पूरा गरी राजदूतावासबाट तत्कालै नेपाल पठाउने कार्य समेत भएको दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग इत्यादि गरी २,४८, ८३३.५५ कुवेती दिनार अर्थात् करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार रुपैयाँ प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा विभिन्न समयमा पठाइसकिएको विज्ञप्तीमा उल्लेख छ । उक्त कूल रकममा विज्ञप्तीमा उल्लेख १२ जनाका अतिरिक्त अन्य ३६ जना मृतक कामदारहरूको नाममा प्राप्त भएको १०,९३३.५१ कुवेती दिनार (अमेरिकी डलर ३५,९३८.५२) समेत समावेश गरिएको जनाइएको छ ।

साथै, सन् २०१८ मा राजदूतावासद्वारा कुवेतको घरेलु कामदार एवं कम्पनी क्षेत्रमा कार्यरत नेपाली कामदारहरूका विभिन्न जटिल समस्याहरू समाधान गर्नुका साथै गम्भिर समस्यामा परेका कम्पनी क्षेत्रका १३२ जना कामदार र ४४५ जना घरेलु कामदारहरूलाई उद्वार एवं राहत र अन्य सहयोग प्रदान गरी स्वदेश पठाउने कार्य भएको छ ।

त्यसैगरी, कुवेत सरकारले घोषणा गरेको आममाफी अवधि (२९ जनवरी देखि २२ अप्रिल २०१८)मा गैरकानुनी हैसियतमा रहेका ३७२० जना नेपालीहरूलाई यात्रा अनुमतिपत्र एवं अन्य आवश्यक कन्सुलर सहयोग प्रदान गरी नेपाल फिर्ता पठाइएको बताइएको छ ।

त्यसैगरी, कुवेतको कारागारमा विभिन्न अपराधको सजाय भोगिरहेका नेपालीहरूको सजाय माफीका लागि महामहिम राजदूतले कुवेत सरकारका उच्च पदाधिकारीहरूसंग विभिन्न समयमा भेटघाट तथा कुराकानी गरी आग्रह गर्नुका साथै राजदूतावासबाट लिखित पत्राचार समेत भएको परिणामस्वरूप गत वर्ष कुवेतको कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यूदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन हुनुका साथै १८ जनाको सजाय माफी भई नेपाल फर्किसकेको उल्लेख छ ।

 

वि.सं.२०७५ पुस २५ बुधवार ०९:०७ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...