back

  २०१८ मा अहिलेसम्मकै बढी पर्यटक नेपाल घुम्न आए

वि.सं.२०७५ पुस २५ बुधवार

300 

shares
GLOBAL IME AD
NTC AD

२५ पुस, काठमाडौं । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या हालसम्मकै बढी हो । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार यो संख्या २०१७ को तुलनामा २४.७७ प्रतिशत बढी छ । सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ जना पर्यटक नेपाल आएका थिए । हवाई मार्गबाट नौ लाख ६९ हजार दुईसय ८७ र स्थलमार्गबाट दुई लाख तीन हजार साय सय ८५ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।
एक वर्षको अवधिमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । सन् २०१८ मा दुई लाख ४ सय २८ जना भारतीय पर्यटक आएका छन् । सन् २०१७ मा नेपाल भ्रमण गर्ने भारतीयको संख्या एक लाख ६८ हजार थियो । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्या गतवर्षको तुलनामा २५.१ प्रतिशत बढी हो । त्यस्तै नेपाल भ्रमण गर्न आउने पर्यटकमा चीन दोश्रो नम्बरमा रहेको छ । चीनबाट एक लाख ५३ हजार र तेश्रोमा अमेरिकाबाट ९१ हजार सातसय ८५ पर्यटक आएका छन् । बेलायतबाट ६३ हजार ८६ जना आएका छन् । आजको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ पुस २५ बुधवार ०८:४५ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...