back

 मन्त्रीको भन्दा पिएको तलबभत्ता दोब्बर

वि.सं.२०७५ पुस २५ बुधवार

546 

shares

२५ पुस,कास्की । गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए) ले दोब्बर भम्रण भत्ता बुझेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकासमन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण भत्ता बुझ्दा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमणभत्ता बुझेका छन् । पोखराबाट गृहजिल्ला लम्जुङ र अन्य जिल्लाको भ्रमणभत्ताबापत यो रकम बुझेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
आर्थिक मामिला मन्त्री किरण गुरुङले ९६ हजार ८ सय, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले ७४ हजार, उद्योगमन्त्री विकास लम्सालले ५४ हजार र कृषि मन्त्री लेख बहादुर थापाले ४८ हजार भ्रमण भत्ता बुझेका छन् । मन्त्रीहरुले निजी काममा जिल्ला जाँदा समेत भ्रमण भत्ता लिने गरेका छन् ।

वि.सं.२०७५ पुस २५ बुधवार ०८:५६ मा प्रकाशित

Himalayan Life AD
एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

  काठमाडौँ । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क...