२५ पुस काठमाडौ । नेपाल भारत जलस्रोत सचिवस्तरीय जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसीडब्लुआर को आठौ बैठक भारतको राजधानी दिल्लीमा तय भएको छ । आगामी शुक्रबारदेखी आइतबारसम्म हुने सो बैठकलबारे आवश्यक तयारी गर्न ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारी नेतृत्वको टोली मंगलबारै नयाँदिल्ली प्रस्थान गरेको छ ।
सचिवस्तरीय बैठक हुनुअघि बुधबार र बिहीबार सहसचिवस्तरीय बैठक हुनेछ । सचिवस्तरीय बैठक हुनुअघि बुधबार र बिहीबार सहसचिवस्तरीय बैठकमा भाग लिन मन्त्रालयका सचिव सन्जय शर्माको नेतृत्वमा छुट्टै टोली त्यसतर्फ जाने मन्त्रालयका सुचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिए । आजको राजधानी दैनिकबाट