back

जाजरकोटमा रहेको स्वास्थ्यचौकी भवन नौ वर्षदेखि बन्द

वि.सं.२०७५ पुस २५ बुधवार

369 

shares
GLOBAL IME AD
NTC AD

२५ पुस, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ ।

बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७-०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताईन् ।

प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिईन् । नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ, शाहीले भने । दिनमा तीन-चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोगविहीन हुँदा सेवा दिन कठिन भइरहेको छ शाहीले बताए ।

नौ वर्ष बित्दासमेत सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुःखको विषय भएको अहेब कृष्णबहादुर शाहले बताए । खानेपानी, बिजुली बत्तीको व्यवस्था, वरिपरि घेराबार, सुत्केरी गराउने सेवा लगायतको व्यवस्था नहँुदा यो भवन प्रयोगमा आउन नसकेको अहेब शाहको भनाइ छ । स्वास्थ्य संस्थामा बजेट नहुने र वडा, नगर, जिल्लाबाट बजेट व्यवस्था नहुँदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भने । यसतर्फ सरोकारवाला निकायले चासो दिएको देखिँदैन ।

यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन्, तर भवनको उचित व्यवस्थापन नहँुदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

वि.सं.२०७५ पुस २५ बुधवार १३:०७ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...