back
CTIZAN AD

आयरल्याण्डमा नयाँवर्ष २०१९ र मेलमिलाप दिवस मनाइयो

वि.सं.२०७५ पुस २५ बुधवार

654 

shares

नेपाली जनसम्पर्क समिति आयरल्याण्डले आयरल्याण्डको डब्लिनमा राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ ।
आयरल्याण्डको डब्लिनस्थित टीचर्स क्लबमा भेटघाट तथा चियापान कार्यक्रमका साथ राष्ट्रिय मेलमिलाप दिवस भव्यताका साथ सम्पन्न गरिएको हो ।

अंग्रेजी नयाँवर्ष २०१९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै मेलमिलाप दिवसको महत्वबारे विभिन्न वक्ताहरुले प्रकाश पारेका थिए ।

नेपाली जनसम्पर्क समिति आयरल्यान्डका अध्यक्ष शुक्रराज न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाल जनजाती महासंघका पूर्वकेन्द्रीय अध्यक्ष एवं संविधानसभा सदस्य नगेन्द्र कुमार कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती युकेका अध्यक्ष युवराज गुरुङ, नेदरल्यान्ड जनसम्पर्क समितीका सल्लाहकार तथा एनआरएनए आईसीसी अनररी काउन्सिलर मेम्बर हरि पौडेल, बेल्जियम जनसम्पर्क समितिका बरिष्ठ नेता उल्का घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।

जनसम्पर्क समितीका सल्लाहकार विनोद कार्कीको स्वागत र सहमहामन्त्री अंकित ओलीको संचालन रहेको उक्त कार्यक्रममा एनआरएन आयरल्यान्डका अध्यक्ष नवराज कोइराला, आइसीसी सदस्य राजन काफ्ले, पूर्वअध्यक्ष गणेश प्रसाई, नर्दन आयरल्यान्ड नेपाली समाजका अध्यक्ष लिलाराम न्युरे, समाजिक अभियन्ता नारायण कंडेल, प्रवासी नेपाली एकता समाजका अध्यक्ष कृष्ण जी सी, कोर्क समाजका पूर्वअध्यक्ष बसन्त न्यौपाने, सयपत्री कल्चरल ग्रुपका अध्यक्ष डम्बर सिंह, प्रकाश सापकोटा, लक्ष्मी पौडेल, लोकेश धामी, राम गुरुङ, रुपेश रेग्मी, राजकुमार गुरुङ्ग, राजकुमार महत, सुमन गुरुङ, शालिकराम खनाल, वीरेन्द्र अधिकारी, संजय अधिकारी, रामनारायण पौडेल, अमृत जोशी, शुरक्षा खड्का, सागर लामा लगायत आयरल्यान्डमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुमालले मेलमिलाप दिवसको सान्दर्भिकता नेपाली कांग्रेसका लागि मात्र नभई सम्पूर्ण देशवासी तथा नेपालको राष्ट्रियता र सार्वभौमिकतासंग गासीएको बताएका थिए ।

त्यस्तै कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले राष्ट्रिय मेलमिलाप दिवसको तात्कालिक सन्दर्भसहित आजको आवश्यकता र सान्दर्भिकताको बारेमा आ–आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्य दिँदै जनसम्पर्क समिति आयरल्यान्डका सभापति शुक्रराज न्यौपानेले उपस्थित सबैलाई धन्यबाद दिँदै यो मेलमिलाप दिवसले पार्टीभित्रका आन्तरिक मनमुटाव तथा आयरल्यान्डमा रहेका विभिन्न संघ संस्थाबीच आपसी समझदारी बनाएर अगाडि बढ्न सबै मिलेर लाग्नु पर्ने धारणा ब्यक्त गर्दै विदेशबाट पाल्नुहुने प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरु लाई मायाको चिनो प्रदान गर्दै उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

वि.सं.२०७५ पुस २५ बुधवार १३:१६ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...