back

एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

वि.सं.२०७५ पुस २५ बुधवार

117 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२५ पुस, चितवन ।  जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् ।

कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण आलेपका क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए ।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए ।

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए ।

सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ ।

भरतपुर महानगरपालिका-१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको पौडेलले बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार १३:३४ मा प्रकाशित

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

साताको पहिलो दिन दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

साताको पहिलो दिन दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...

मिटरव्याज पीडितसँग वार्ता गर्न गृहले बनायो वार्ता टोली

मिटरव्याज पीडितसँग वार्ता गर्न गृहले बनायो वार्ता टोली

काठमाडौं । गृहमन्त्रालयले राजधानीमा मार्चपास गरिरहेका मिटरव्याज पीडितसँग वार्ता गर्नका...

मानसिक रोगप्रति सरकारले चासो नदिएको सांसदको गुनासो

मानसिक रोगप्रति सरकारले चासो नदिएको सांसदको गुनासो

काठमाडौं । पछिल्ला समयमा देशमा देखिएको आर्थिक समस्याका कारण उत्पन्न...

श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी २९ वर्षीया फुरदिक सातवर्षदेखि खोरमा

श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी २९ वर्षीया फुरदिक सातवर्षदेखि खोरमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु...

प्रतिनिधिसभा बैठक : सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक : सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको...