back

बढैयातालमा आत्महत्या रोक्न योजना तर्जुमा

वि.सं.२०७५ पुस २५ बुधवार

558 

shares

२५ पुस, नेपालगञ्ज ।  बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ ।

‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उनले बताए ।

गाउँपालिकाले आफ्नो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार, बढैया ताल गाउँपालिकामा आर्थिक वर्ष २०७३-७४ मा १७ जना, २०७४-७५ मा २१ जना र चालू आर्थिक वर्षको अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् ।

‘‘यो डरलाग्दो तथ्याङ्क हो, यसले राम्रो सन्देश प्रवाह गर्दैन्’’ क्षेत्रीय प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा आशिष दत्तको भनाइ छ । आत्महत्या मनोवैज्ञानिक तथा जैविक एवं सामाजिक जटिलता हो । विज्ञानले यसलाई मनो–सामाजिक जटिलतासँगै गम्भीर मानसिक समस्याको रुपमा लिने गरेको छ ।

यस्तो मानसिक अवस्थाको तत्काल उपचार गर्नुपर्ने डा दत्तको सुझाव छ । बढैयाताल गाउँपालिकाले अहिले डा दत्तकै अगुवाइमा खासगरी किशोरकिशोरी र युवा वर्गलाई मानसिक रोग, आत्महत्या गर्ने कारण, मनोरोग, लागुऔषध सेवनबाट हुने प्रभाव तथा यसको रोकथाम र उपचार विधिका विषयमा प्रशिक्षण दिने गरेको छ ।

मानसिक रोग विज्ञेषज्ञ डा दत्तका अनुसार, नेपालमा आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरका नागरिकको सङ्ख्या धेरै छ । “डिप्रेसनमा परेका, एक पटक आत्महत्याको प्रयास गरेका, लागुऔषधको सेवनकर्र्ता, गतिशील सोचमा हरेस खानु, निराशावादी व्यक्ति, एक्लोपन, एकल महिला, सामाजिक रुपमा सहयोग नपाउने, बहिष्कारमा परेकामा आत्महत्याको जोखिम उच्चमा रहेको छ ।

बर्दियाको बढैयातालमा भएका आत्महत्याको तथ्याङ्कले पनि त्यहाँ मानसिक रोगको जोखिमतर्पm सङ्केत गरेको छ । त्यसैलाई दृष्ट्रिगत गरी विशेषज्ञको परामर्शका आधारमा गाउँपालिकाले आत्महत्या विरुद्धको अभियान नै सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाअन्तर्गतका विद्यालय, कलेज र समुदायस्तरमा आत्महत्याविरुद्ध वृहत सचेतनामूलक कार्यक्रम तथा मानसिक रोग बढनुको कारण, यसको पहिचान र उपचार विधिका विषयमा गाउँपालिकाले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढैया ताल गाउँपालिकामा भइरहेका आत्महत्या घटनाका कारणका विषयमा इलाका प्रहरी कार्यालय मैनापोखरले सुक्ष्म अध्ययनसमेत गरिरहेको प्रहरी निरीक्षक वलीले बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार १४:३२ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...