back

हत्याको अभियोगमा रेमकुमारीलाई जन्म कैद

वि.सं.२०७५ पुस २६ बिहीवार

411 

shares
GLOBAL IME AD
NTC AD

२६ पुस, भोजपुर ।  जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो । राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो । पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो ।

त्यस्तै अदालतले बालिका जबर्जस्ती करणी गर्न खोज्ने अरुण गाउँपालिका–४ चरम्बीका लालबहादुर श्रेष्ठलाई सात वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । श्रेष्ठले गत असोज १ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई गाई गोठमा लगेर करणी गर्न खोजेको भन्दै बालिकाका परिवारले उजुरी दिएपछि प्रहरी नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:२२ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...