back

कर्णाली प्रदेशमा माघीमा सार्वजनिक बिदा

वि.सं.२०७५ पुस २६ बिहीवार

675 

shares

२६ पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताएका हुन् । उनले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।

“अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ”, उनले भने, “आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।” मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताए ।

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए । सो मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:३२ मा प्रकाशित

Himalayan Life AD
खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप...

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती । वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा...

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा...

रुखबाट लडेर युवकको मृत्यु

रुखबाट लडेर युवकको मृत्यु

बागमती । रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा...