back

कर्णाली प्रदेशमा माघीमा सार्वजनिक बिदा

वि.सं.२०७५ पुस २६ बिहीवार

432 

shares
GLOBAL IME AD
NTC AD

२६ पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताएका हुन् । उनले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।

“अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ”, उनले भने, “आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।” मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताए ।

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराए । सो मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:३२ मा प्रकाशित

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२०...