back

निर्मलाकी आमाको पनि रगत नमूना सङ्कलन

वि.सं.२०७५ पुस २६ बिहीवार

573 

shares

२६ पुस, भीमदत्तनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको बुधबार रगत नमूना सङ्कलन गरिएको छ ।

निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन् । प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भनिन्, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।”

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मानका छैनन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिइन् । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताए । निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो । उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७५ पुस २६ बिहीवार ०९:३० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...