
२६ पुस, उलान बाटोर । मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ ।
खाद्य, कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार देशबाट मासु निर्यात गर्न सकिने पूरा क्षमता एक लाख ८० हजार टन हो ।
पछिल्ला वर्षहरूमा मङ्गोलियाबाट निर्यात गरिने मासुको परिमाणमा वृद्धि भएको छ, मन्त्रालयका एक उच्च अधिकारीले भने ।
उनले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ हजार ९०० टन मासु तथा मासुजन्य पदार्थ निर्यात गरेको पनि जानकारी दिए ।
मासु मङ्गोलियाको मुख्य उत्पादन मानिन्छ । यहाँको मासुको मूल्य पनि सामान्य रहेको छ ।
वि.सं.२०७५ पुस २६ बिहीवार ०९:४८ मा प्रकाशित