back

निशुले ल्याइन फेरि अर्को गीत

वि.सं.२०७५ पुस २६ बिहीवार

426 

shares

अनिल वाग्ले, झापा ।
गायिका निशु ढकालको स्वर रहेको म कहाँ थिएँ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेका बेला हालै उनले अर्को नयाँ गीत म कहाँ थिए बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् ।

नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ । युवा अवस्थाको प्रेम रोमान्स् माया र धोकालाई नजिकबाट केलाइएको गीत हरेक प्रेमील जोडीले हेर्नेपर्ने गीत रहेको छ । भिडियोमा नवीन के तिमल्सिनाको सम्पादन तथा निर्देशन रहेको छ ।

वि.सं.२०७५ पुस २६ बिहीवार १५:३७ मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...