
२७ पुस बुटवल । प्रदेश ५ मा संसद् र मन्त्रालयले एउटै गाडी फरक–फरक मुल्यमा खरिद गरेको भेटेपछि लेखासमितिले छानबिन थालेको छ । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मुल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो ।
प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले गरेका ११ र मन्त्रालयले खरिद गरेको ४ गाडिको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइसकेका छन् । अन्य फाइल आज शुक्रबार आइपुग्ने र दिउँसो बस्ने समिति बैठकमा पेस गरिने समिति सभापति उपसमिति बनाएर पनि अध्ययन गर्न सक्ने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २७ शुक्रवार ०८:१८ मा प्रकाशित