back

प्वालै प्वाल रहेको निगमलाई टाल्दा टाल्दै हैरान –उद्योगमन्त्री यादव

वि.सं.२०७५ पुस २७ शुक्रवार

564 

shares

२७ पुस,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा निकै अनियमिता देखिएको स्वीकार गर्दै विकृति अन्त्य गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

निगमको ४९ औँ वार्षिकोत्सवलाई विहिबार यहाँ सम्बोधन गर्दै उनले निगममा जताततै प्वालैप्वाल रहेको टिप्पणी गरे । उनले भने, “निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ ? ढुवानीकर्ता, ट्याङ्कर चालक, प्रशासक, बिक्रेता, सचिव अनि मन्त्री पनि सबैले अलिअलि भाँडो थापेकै छन् । अनि जनता जहिले पनि मारमा परेको प¥यै ।”

निगममा देखिएका विकृतिको चाङ हटाउन आफूलाई निकै गाह्रो भएको भन्दै मन्त्री यादवले आफू निगममा देखिएको प्वाल टाल्दाटाल्दै हैरान भएको टिप्पणी गरे । उनले भने “निगमलाई सुधार्न निकै चुनौती भए पनि ती चुनौती सामना गर्दै अघि बढेको छु ।” आफू मन्त्री भएदेखि नै विकृति विसङ्गती विरुद्ध लड्दै आएको स्मरण गर्दै उनले निगममा देखिएको अनियमिता तथा विकृतिको बन्द नगरे कसैको कल्याण नहुने चेतावनी समेत दिए ।

पेट्रोलियम पदार्थका क्षेत्रमा सुधारको प्रयत्न गर्न आफूले मन्त्रालय सम्हालेदेखिनै काम गर्दै आए पनि निजी क्षेत्रले सहयोग नगरेको गुनासो गरे । इन्धनको बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले विक्रेता नियमावली ल्याउने तयारी गरेपनि निजी क्षेत्रले असहयोग गरेको बताए ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पार्दै मन्त्री यादवले विस्फोटन हुने गरेर विकृति नल्याउन निजी क्षेत्रसँग आग्रह गरेका छन् । उनले भने, “समझदारीबाटै समस्याको हल गरौँ, छलफल गरौँ, जनता, निजी क्षेत्र, सरकार र कर्मचारीको लगानीबाट निगमलाई समृद्ध बनाऔँ, निगमको कामलाई व्यवस्थित गरौँ ।”

वि.सं.२०७५ पुस २७ शुक्रवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...