पृथ्बीनारायण शाहलाई काखा र पाखा गर्ने सोंचभन्दा माथि उठ्न पनि सोचाइको धरातल फराकिलो बनाउन आबस्यक छ । आरोप प्रत्यारोपबाट माथि उठन सकियो भने स्वर्गको टुक्रा समानको नेपाललाई समयानुकूल स्वर्गको टुक्राकै रुपमा रुपान्तरण गर्न सकिन्छ न कि संकीर्ण सोंचको आधारमा ।
दक्षिणतर्फ ब्रिटिश साम्राज्य विस्तार भैरहेको अबस्थामा गोर्खाका राजा पृथ्बीनारायण शाहले ५० भन्दा बढी भुरे टाकुरे राज्यहरुमा विभाजित मुलुकलाई एकीकरण अभियान शुरु गरेर उनका सन्तानहरुले त्यो अभियानलाई अगाडि बढाएर पूर्बमा टिस्टादेखि पश्चिममा सतलज तथा दक्षिणमा गंगा किनारसम्म बिशाल नेपाल बनाए, जसलाई ब्रिटिश हरुले नै ‘ग्रेटर नेपाल’ नाम दिएका थिए । ब्रिटिशको स्वार्थ र कुटिल राजनीतिलाई आत्मसाथ गर्न नसक्दा नेपालले उसको बिशाल शक्तिसंग लगभग डेढ बर्ष युद्ध गर्यो र सुगौली सन्धिमार्फत एक तिहाइ भूभाग गुमायो । ती गुमाइएका भूभाग हाल भारतमा अवस्थित छन् । यो भूभाग खुम्चिएर अहिले पूर्वमा मेची र पस्चिममा महाकालीमा खुम्चन आइपुगेको छ ।
भूपरिबेस्ठित देश भएको र त्यसमाथि छिमेकीको नियतका कारण नेपाली अन्तराष्ट्रिय कानून मुताबिक गुमेको भूभाग नेपाललाई फर्काउनु पर्ने माग चर्को रुपमा अघि सार्न थालेका छन । यस्तो भएको अवस्थामा नेपाल छिमेकीको अनाबस्यक दुस्ख भोगाइबाट धेरै हदसम्म मुक्त हुनेछ । हुन त बाँकी भएको भूभागकै जोगावट गर्न नसकेको बेला गुमेको भूभाग फिर्ता गर्ने काममा लाग्ने कुरालाई ूआकाशको फल आँखा तरी मरू भन्नेहरु पनि छन, तर कुनै न कुनै दिन एउटा आँटिलो नेपाली छोरो जन्मिएला भन्ने कुरामा आशाबादी भएर त्यस्को लागि सहज वाताबरण बनाइराख्न यो आवाजलाई प्रभाबकारी ढंगबाट निरन्तरता दिनु आबस्यक देखिन्छ । अर्को कुरा, आफू को हो भन्ने कुराको परिचयको लागि ईतिहासलाई अलग्याउन सकिन्न ।
स्थापित भैसकेको ईतिहास भुलाउन, बङ्याउन र निमिट्यान्न बनाउन गरिने प्रयास उपयुक्त नहुने मात्रै होइन यस्ले उल्टै गलत दिशालाई नजानिदो किसिमले प्रबल बनाउन पनि सक्छ । सन १९८९ मा सोभियत संघको बिघटनपछि लेनिनको शबलाई कम्तीमा १५ मिलियन डलरमा बेच्ने कुरा प्रकाशमा आयो । लेनिनको शब देखाइने दिन संधै हजारौंको लाइन देखिन्थ्यो र सो लाइनमा देखिने सबै लेनिनका पक्षधर हुन्थे भन्ने नै होइन । लेनिन एउटा ब्यक्तिभन्दा पनि बढी संस्था र नमेटिने ईतिहास बनिसकेकाले कम्युनिस्ट बिरोधीहरु पनि उक्त शबलाई दोहोर्याइ तेहेर्याइ हेर्न जाने थुप्रै भेटिन्थे । बिक्रीमा राखिएको लेनिनको शब किन्न पुँजीबादी जर्मन तयार भएको कुरा पनि प्रकाशमा आयो । यस्को अर्थ यो होइन कि पुँजिबादी जर्मन लेनिनको शब किनेर कम्युनिस्ट शासन भित्र्याउने तयारी गर्दै थियो । यस्का पछाडि दुई महत्वपूर्ण पाटाहरु थिए ( कम्युनिस्ट शासन भएको भनिने देश रसियाप्रति उपहास र लेनिनको शबलाई ब्यापारको बस्तु बनाएर नाफा गर्ने ।
वि.सं.२०७५ पुस २७ शुक्रवार ०९:४७ मा प्रकाशित