back

अमेरिकासँगको वार्ताबाट व्यापार विवाद समाधानका लागि आधार तयार

वि.सं.२०७५ पुस २७ शुक्रवार

60 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 

२७ पुस, बेइजिङ, चीन ।  बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ ।

लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ ।

गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएपछि यसैलाई पछ्याउँदै अमेरिकी प्रतिनिधिमण्डल चीन आएको हो ।

बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने बिषयमा पलाएको आशासँगै उक्त दिन विश्व शेयर बजारमा वृद्धि देखिएको छ । यद्यपि एशियाली स्टक बजारमा बिहीबार पनि प्राय गिरावट नै देखिएको छ ।

चिनियाँ बाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वार्तामा चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार, गहिराइमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदान प्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार बनेको छ ।”

“दुवै पक्षले निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।”

वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तीको बलजफ्ती रूपान्तरण र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृतिलाई रोक्न माग गरेको छ ।

यसबारे भएको प्रगतिबारे सोधिएको प्रश्नमा चीनका बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, “वार्तामा संरचनागत बिषयलाई केन्द्रित गरिएको छ ।”

बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले भने, “वार्ता निकै सकारात्मक भएको छ ।”

यसअघि मङ्गलबार नै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए ।

अमेरिकाले व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको र चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन आग्रह गरेको छ ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका थिए ।

“व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ । ”

“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि वार्ताबाट सकारात्मक निकास आउनेमा विश्वास व्यक्त गरे । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

वि.सं.२०७५ पुस २७ शुक्रवार ०९:५४ मा प्रकाशित

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु...

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका) । एक निजी यानले बिहीबार ५० वर्षभन्दा...

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

चीनसँगको सहकार्य थप प्रगाढ बनाउँदै नर्वेका प्रधानमन्त्री

किर्कनेस, नर्वे । नर्वेजियन प्रधानमन्त्री जोनास गाहर स्टोरले चीनसँगको सहकार्य...

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले...

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द

पोर्ट लुइस (मरिसस) । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो...

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने...