back

विश्वकै सर्वाधिक धनी बेजोसद्वारा सम्वन्ध विच्छेद

वि.सं.२०७५ पुस २७ शुक्रवार

393 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, वासिङ्टन डिसि । हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ ।

संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् ।

अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन् ।

उनीहरूले आफुहरू श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् ।

“लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको छ ।

एक अर्काप्रति कृतज्ञाता प्रकट गर्दै उनीहरूले लेखेका छन्, “हामीले सँगै विताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।”

उनीहरूले “अहिले सम्वन्ध विच्छेद हुने कुरा विवाह अगाडी नै थाहा पाएको भएपनि हामीले विवाह गर्ने थियौँ” भनेका छन् ।

यो जोडीको चार सन्तान रहेका छन् ।

करिब पच्चिस बर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सवैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ ।

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ती एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमवर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका विल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए ।

अमेजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १०:०४ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...